नागरिक समाज : पारस्परिक जवाफदेहीता परियाेजना भक्तपुरमा सम्पन्न

भक्तपुर १० असार । नागरिक समाज : पारस्पारिक जवाफदेहिता परियोजनाले नागरिकका मुलभुत सवालहरु स्वास्थ्य, शिक्षा, कृषि र विपदका क्षेत्रहरुमा उल्लेख्य परिवर्तन ल्याएको छ । परियोजनाले बस्ती तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि पैरवी र वकालत गर्दै स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोग, नागरिक समाज संघ संस्थाहरुलाई गरेकाे परिचालन र नागरिकहरुका सवाल समाधान गर्नमा सहयोग पुगेको सरोकारवालाले बताएका छन् ।

युएसएआइडी एफएचआइ३६० को सहयोगमा मानव अधिकार संचार प्रतिष्ठान नेपालले भक्तपुर जिल्लाकाे चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकामा सन् २०१७ देखि २०२२ सम्म सञ्चालन गरेको परियोजनाको आज शुक्रबार भक्तपुरमा आयोजित परियोजना सम्पन्न कार्यक्रममा सहभागी सरोकारवालाहरुले ५ वर्ष देखि संचालित परियोजनाले समुदाय र जिल्ला स्तरमा सकारात्मक उपलब्धी हासिल गरेको बताएका थिए ।

No description available.

कार्यक्रममा स्थानीय सभा नगरकाेटका संयोजक श्रीराम लामिछाने, स्थानीय सभा बालकाेटका संयाेजक चन्द्रकृष्ण श्रेष्ठ, याभ नेपालका सचिव श्रीकृष्ण थापा, छनाेट गरिएको बस्तिकाे अगुवा सुनिता विश्वकर्मा, रेडक्रस साेसाईटी, शिक्षक महासंघ, निर्वतमान जनप्रतिनिधि सुजेन्द्र मुनकंर्मी, पत्रकार पुष्करराज बुढाथोकी, निर्वतमान उपमेयर जुना बस्नेत, गैसस महासंघ भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्याैपाने, नागरिक समाज सञ्जालका संयाेजक एंव भक्तपुर बारका अध्यक्ष रविन्द्र प्रधान, नागरिक अभियन्ता जनप्रतिनिधिहरुले स्थानीय स्तरमा र जिल्लास्तरमा संचालन गरिएको क्रियाकलाप तथा अभियानबाट भएको परिवर्तनका बारेमा आ-आफनो अनुभव सुनाउनु भएको थियो ।

No description available.

कार्यक्रममा इह्रिकनका कार्यकारी निर्देशक पंकजराज देवकोटाले परियोजना संचालनको ५ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा निति निमार्ण लगायतको काम गरेको छ ।

No description available.

साथै कार्यकाे समापन गर्दै इह्रिकनका अध्यक्ष मीना शर्माले परियाेजनाकाे समय अवधि सकिए पनि संस्था सदैव रहिरहने भएकाेले नागरिक समाज संस्थाहरु सँग समन्वय सहकार्य गर्दै नागरिकका सवालहरुमा सदैव हातेमालो गर्दै अगाडि बढ्न संस्था तयार रहेकाे र परियोजना सफल बनाउन साथ सहयोग गर्ने नागरिक समाज संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै कदर पत्र हस्तान्तरण गर्नु भएको थियाे । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, नागरिक समाज, अधिकारकर्मी, पत्रकार, स्थानीय समुहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

No description available.
No description available.
No description available.
No description available.

प्रकाशित | १० असार २०७९, शुक्रबार २२:४५