काठमाडौंमा १३ हजारसँग लाइसेन्स प्राप्त हतियार

काठमाडौं : काठमाडौंमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन्। तर, ती हतियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन। सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको गलत संकलन गर्न नसकेको हो। जुनसुकै जिल्लाबाट हतियार नवीकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ।

यस्तै, नवीकरण नभएका हतियारको प्रशासनलाई जानकारी नहुने भएकाले अवैध रुपमा हतियार राख्ने बढिरहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। देशभर ३५ हजारको हाराहारीमा हतियारको लाइसेन्स वितरण भएको अनुमान छ। लाइसेन्ससहित हतियार राख्नेको तथ्यांक लिने काम भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताृउनुभयो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार ०७:०१