नेपालमा डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या १३ हजार १२८ पुग्यो

काठमाडौं : नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा थप १३० जनामा संक्रमण पुष्टि भएको हो । यो सहित कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

हाल पाँच हजार ४४० जना कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १७ हजार ९०३ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना निको भएर घर फर्केका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।

हालसम्म तीन लाख ४२ हजार ४५७ जनाको स्वाब सङ्कलन गरी आरडिटी पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ४५ जनाको कोरोनाको कारण निधन भएको छ ।


प्रकाशित | ११ श्रावण २०७७, आईतवार १६:५७