एनआरएनए हङकङद्धारा पोखरा महानगर र माछापुच्छ्रे गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : भरतपुर महानगरपालिकालाई १० थान अक्सिजन कन्सन्ट्रेटरसहित ९३ हजार थान मास्क सहयोग गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले पोखरा महानगरपालिकालाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच कार्यवाहक नगर प्रमुख मान्जु कुमारी गुरूङलाई आईसीसी अध्यक्षद्धय डा. बद्री केसी र रबिना थापाले ७५ हजार थान माक्स संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो । 

हस्तान्तरण कार्यक्रममा आइसिसी उपाध्यक्ष भूषण घिमिरे, उपमहासचिव ओम गुरुङ, सचिव टिका गुरुङ, महिला सहकोषाध्यक्ष अमृता थापा (कञ्चन) र एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकाललगायत एनआरएन अभियन्ताको सहभागिता थियो ।

त्यस्तै, एनआरएनए हङकङले यसअघि पनि माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ र ३ पनि एक/एक थान अक्सीजन कन्सट्रेटर मेसिन र ६ हजार पिस माक्स गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरूङलाई हस्तान्तरण गरेको थियो । कोभिडको समयमा एनसिसी हङकङबाट नेपालमा ४ करोड बढीको सहयोग गरिएको थियो ।


प्रकाशित | १ बैशाख २०७९, बिहीबार १२:३८