एमाले महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन

चितवन – नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनुभएको छ । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुनुभएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुनु भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।


प्रकाशित | १३ मंसिर २०७८, सोमबार ११:३८