पेरूका पूर्व राष्ट्रपतिद्वारा आत्महत्या

एजेन्सी : पेरूका पूर्व राष्ट्रपति अलान गार्सियाले आत्महत्या गरेका छन्। भ्रष्टाचार आरोपमा मुछिएका उनलाई प्रहरीले पक्राउ गर्न घर आएपछि गार्सियाले गोली हानी आत्महत्या गरेको बिबिसीले जनाएको छ। गार्सियालाई तुरून्तै राजधानी लिमास्थित अस्पताल लगिएको थियो।पेरूका हालका राष्ट्रपति मार्टिन भिजकार्राले गार्सियाको मृत्यु पुष्टि गरेका हुन्।  गार्सियाको मृत्यु भएको खबरसँगै अस्पताल अगाडि मान्छेहरूको घुइँचो लागेको थियो।

गार्सियामाथि ब्राजिलको एक निर्माण कम्पनीबाट घूस लिएको आरोप थियो जुन उनले नकार्दै आएका थिए। आरोपपछि प्रहरी अधिकारीहरू उनलाई पक्रन घर पुगेका थिए। पेरूका गृहमन्त्री कार्लोस मोरानका अनुसार गार्सियाले प्रहरी पुगेपछि ुफोन गर्छुु भन्दै कोठामा छिरेर ढोका बन्द गरेका थिए। केही मिनेटपछि गोली चलेको आवाज आयो। प्रहरीले ढोका फोडेर हेर्दा गार्सिया कुर्सीमा थिए। उनले टाउकोमा गोली हानी आत्महत्या गरेका थिए। गार्सिया सन् १९८५ देखि ११९० र सन् २००६ देखि २०११ सम्म गरी दुई कार्यकाल पेरूका राष्ट्रपति थिए।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार २२:१३