युवतीमाथि एसिड प्रहार गरेको आशंकामा दुई युवा पक्राउ

काठमाडौं : काठमाण्डौको सोल्टी दोबाटोमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले एसिड प्रहारको आशंकामा दुई जना पक्राउ गर्न सफल भएको हो । घटना भएलगतै महानगरीय प्रहरी परिसर काठमाडौ र महानगरी अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली परिचालन गरिएको थियो । सो टोलीले दुई जनालाई डल्लुबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्न मोहमद रहेको खुलेको छ । निज युवती पसलबाट दही किनेर फर्कदै गर्दा मोटरसाइकलमा आएका युवकले मोटरसाकलमा घर पु¥याइ दिन्छुु भनेको र उनले नजिकै हो पर्दैन भने पछि केही पर पुगेर फेरि फर्किएर आएर एसिड प्रहार गरेको पाइएको अनुसन्धानमा खुलेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार घटना हेर्दा केटाले एकतर्फी रुपमा मन पराएको जस्तो देखिएको र केटीसँग पनि फोनमा सम्पर्क हुने गरेको खुलेको छ ।

ओलखढुंगा घर भएकी युवतीमाथि सोल्टी दोबाटोमा एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।


प्रकाशित | ९ श्रावण २०७७, शुक्रबार ०९:०१