मााछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

काठमाडौं:  मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो चयन हुनु भएको छ । बैंकको ४७२ औं बैंक सञ्चालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएसँगै राजीनामा दिनुभएको थियो । उहाँको राजीनापछि रिक्त अध्यक्षमा डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरिएको हो ।


प्रकाशित | १३ मंसिर २०७९, मंगलवार १३:२५