नेपालमा थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना संक्रमणमुक्त

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८१ पिसिआर परीक्षण गरिएकोमा १४७ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा नेपालमा १५६ डिस्चार्ज भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ । हालसम्म क्वारेन्टाईनमा २० हजार ९८ जना छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा उपत्यकामा ९ जना संक्रमीत थपिएका छन् । काठमाडौंमा २ नयाँ सङ्क्रमित थपिएका छन् । ललितपुरमा ५ र भक्तपुरमा २ जना सङ्क्रमित भएका छन् ।

थप एकको मृत्यु

त्यस्तैगरि, कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । वीरगन्जका ७० वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या भएका उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।


प्रकाशित | ८ श्रावण २०७७, बिहीबार १६:३०