डेनमार्क, स्वीडेन, नर्वेलगायत कार्यक्षेत्रमा पर्ने देशबाट नेपाल फर्कन चाहानेलाई नेपाली राजदूतावास कोपनहेगनको अपिल

कोपनहेगन: कोभिड १९ को कारण समस्यामा परि नेपाल फर्कन चाहाने नेपालीलाई आफनो विवरणसहित अनलाईन फाराम भरिदिन आग्रह गरिएको छ । नेपाली राजदूतावास कोपनहेगनले एक बिज्ञप्ति जारी गर्दै आफनो कार्यक्षेत्रमा पर्ने देशबाट नेपाल फर्कन चाहाने नेपालीलाई अनलाईन फाराम भरि विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो ।

नेपाल सरकारले कोभिड १९ को असज परिस्थितिको कारण नेपाल आउँनैपर्ने नेपालीलाई स्वदेश फीर्ता गर्न लागिरहेको हुँदा नेपाल सरकारले तय गरेको मापदण्डमा रही समस्यामा परेका नेपालीलाई अनलाइन फाराम भर्न नेपाली राजदूतावास कोपनहेगनले आग्रह गरेको हो ।

दूतावासले भनेको छ, ‘यसअघि ईमेलमार्फत विवरण पठाउन अनुरोध गरिएकोमा थप विवरण जरुरी भएकोले दूतावासको पेजमा गई आफनो विवरण दर्ता गर्न हार्दिक अनुरोध गर्दछ ।’

नेपाली राजदूतावास कोपनहेगन अन्तर्गत आइसल्याण्ड, डेनमार्क, नर्वे, फिनल्याण्ड, लाट्भिया, लिथुआनीया, स्टोनीया तथा स्वीडेन पर्दछ ।


प्रकाशित | २१ जेष्ठ २०७७, बुधबार १६:१३