सुनको भाउमा नयाँ रेकर्ड : तोलाको ९४ हजार ५ सय पुग्यो, सुन किन्ने भन्दा पनि बेच्ने ग्राहक धेरै

काठमाण्डौ : सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । भाउ बढेको बेला सुन किन्ने भन्दा पनि बेच्ने ग्राहक धेरै आउने गरेको व्यवसायीले बताएका छन् ।


प्रकाशित | ८ श्रावण २०७७, बिहीबार १२:३७