नेकपा फुटेको छैन, म आधिकारिक हुँ : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै विभाजन नभएको दाबी गर्नु भएको छ । साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै उहाँले अरुले पठाएको जानकारी अभिलेखिकरण गरे निर्वाचन आयोगले नै पार्टी एकताको भंगको घोषणा गरेको हुने दाबी गर्नु भएको छ ।

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–माधव दुबै समूहले जवाफ पठाएका छन ।

ओलीले ११ पृष्ठ लामो जवाफ पठाउँदै भन्नु भएको छ, ‘पुष्पकमल दाहाल समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसावले पत्राचार गरेपनि झै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छैन र, होइन ।’

पार्टीको पहिलो अध्यक्ष भएकाले आफू नै आधिकारिक भएको उहाँले पटकपटक दाबी गर्नु भएको छ ।


प्रकाशित | २९ पुष २०७७, बुधबार १९:३६