नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुग्यो

काठमाडौं : नेपालमा थप १८६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १८६ जना थपिएका हुन । यो सहित नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

सोमबार थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन्। त्यस्तै, सात वटा जिल्ला कोरोनामुक्त भएका छन्।हाल क्वारेन्टाइनमा २२ हजार २२८ जना रहेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | ५ श्रावण २०७७, सोमबार १६:३२