नेपालमा एकैपटक थपिए ३ कोरोना संक्रमित

काठमाडौं : नेपालमा एकैपटक तीन जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । साथै यसअघि नेपालमा ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।


प्रकाशित | २२ चैत्र २०७६, शनिबार १३:२६