राजु लामाको गीत ‘सेम नि सेम चि’ सार्वजनिक (भिडियो )

काठमाडौं : ह्योल्मो भाषामा बन्दै गरेको चलचित्र मेतोक मा समावेश गीत सेम नि सेम चि सार्वजनिक भएको छ । गायक राजु लामाले गाएको उक्त गीतमा गायिका तेन्जिन ह्योल्मोले साथ दिएकी छिन् । दावा ढी ह्योल्मोको शब्द अनि संगीत रहेको गीतमा अभिनेता ठिलेन लामा र अभिनेत्री निमा डोल्मा लामा फिचर्ड छन् ।

मुस्ताङ्गका लगायतका ठाउँहरुमा खिचिएको गीतको भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी गरेका हुन् । चलचित्रलाई थिलेन लामाले निर्देशन गरेका हुन् भने सार्किनी ज्याबाले निर्माण गरेकी हुन् । चलचित्रमा ठिलेन र नीमाको साथमा दावा दोर्जे लामा, डोमा ह्योल्मो लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार २०:०५