सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ : आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको भाउमा आज फेरि तीनसय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


प्रकाशित | ४ श्रावण २०७७, आईतवार १२:५८