भक्तपुर: सूर्यविनायक नगरपालिकाको वडा नं.८ सिपाडोलमा एमालेबाट पुष्पराज बस्नेतको प्यानल नै विजयी भएको छ । बस्नेतले २ हजार १२२ मत ल्याउँदै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी बिदुरमान सिंह बस्नेतले ९९१ मत प्राप्त गर्नु भयो ।
एमालेबाट दलित महिला तर्फबाट अन्जना नेपाली, महिलातर्फ सावित्री मिश्र, खुल्लातर्फ विश्वराम त्वानाबासु र विक्रम तामाङ विजयी हुनु भयो ।
प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार १३:०९