सत्यराज आचार्यको ‘नयाँ गीत ‘आज फेरी पँधेरीमा तिम्रै कुरा चल्यो रे’ सार्वजनिक

काठमाडौं : चर्चित गायक सत्यराज आचार्यको स्वरमा सजिएको नयाँ गीत ‘आज फेरी पँधेरीमा तिम्रै कुरा चल्यो रे’ सार्वजनिक भएको छ । विष्णु सुवेदीको शब्द रचना, आर.सि. थापाको संगीत र राजन इशानको संगीत संयोजन रहेको उक्त गीत सत्यस्वरुप इन्टरटेन्मेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

छोडेर गइसकेको प्रेमी–प्रेमिकासँग जोडेर कुरा काट्ने प्रवृत्तिलाई गीतले समेटेको छ । छोडेर जानेको सम्झना रहेको र त्यसलाई संगालेर बस्दाको पीडा गीतमा उल्लेख छ।


प्रकाशित | ४ श्रावण २०७७, आईतवार १०:२१