प्युठान ट्याक्टर दुर्घटना अपडेट : ज्यान गुमाउने सात जनाको परिचय खुल्यो

प्युठान : प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गएराति १२ः५५ बजेको समयमा स्वर्गद्वारी नगरपालिका – ३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुने सबै रोल्पाका छन् । साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा रोल्पा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षिय सागर वस्नेत, २४ वर्षीय रिमवहादुर वस्नेत, १९वर्षीय विरेन्द्र वाठा मगर, १९ वर्षीय थमन वाठा मगर, गोर्वधन वुढामगर, २५ वर्षीय कविराम वस्नेत रहेका छन् ।

त्यस्तै, ट्याक्टर चालक त्रिवेणि गाउँपालिकाका अन्दाजी २५ वर्षिय कमल कुवरको पनि मृत्यु भएको प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । स्वर्गद्वारीको धरम्पानीबाट भिंगृ तर्फ गुडेको ट्याक्टर नगरपालिका वडा नं. ३ रुमालेमा दुर्घटना भएको थियो ।


प्रकाशित | ४ श्रावण २०७७, आईतवार ०९:१९