नेपालमा शनिबार तीन साताकै कम ५७ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ। शनिबार तीन साताकै सबैभन्दा कम ब्यक्तीमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार हाल २३ हजार २७५ जना क्वारेन्टाइनमा छन् । कोभिड–१९ बाट सङ्क्रमित पाँच हजार ८२५ जना आइसोलेशनमा छन् ।


प्रकाशित | ३ श्रावण २०७७, शनिबार १७:४३