नेकपाका तीन नेता ओली, प्रचण्ड र नेपाल बीचको बार्ता सकारात्मक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन नेताबीचको वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको छ । दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपालबीचको बार्ता सकारात्मक रुपमा अगाडि बढेको हो । आजको बैठक सकारात्मक भएपनि ठोस सहमति बन्न भने नसकेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १२ बजेदेखि शुरुभएको त्रिपक्षीय वार्ता २ बजे सम्पन्न भएको हो ।यसअघिसम्म दुई अध्यक्षबीच एक्लाएक्लै बार्ता भएको थियो । साउन २ गते (भोलि) शुक्रबार नेकपाको स्थायी कमिटी बैठक बस्न लागेपछि बैठकअघि दुई अध्यक्षबीच सहमति जुटाउन वरिष्ठ नेता नेपाललाई पनि वार्तामा बोलाइएको जनाइएको छ ।


प्रकाशित | १ श्रावण २०७७, बिहीबार १५:०४