अबदेखि खाता भएकोबाहेक अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाण्डौ : आजदेखि खाता भएको बाहेक अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था आजदेखि हटाइएको हो ।

कोरोना सङ्क्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघ सहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिएममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

तर, अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले थप शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीनवटै संस्थाले हिजो विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।


प्रकाशित | १ श्रावण २०७७, बिहीबार ०९:२८