नापोलीसँग लिभरपुल स्तब्ध

एजेन्सी: प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्ग्लिश क्लब लिभरपुल पराजित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग ३(० गोल अन्तरले पराजित भएको हो । स्कटल्याण्डमा भएको खेलमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले एक एक गोल गरे । युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । नयाँ सिजनको सुरुवात अघि प्रि(सिजन तयारी गर्न लिभरपुलले नापोलीसँग मैत्रिपूर्ण खेल खेलेको हो ।


प्रकाशित | १३ श्रावण २०७६, सोमबार १३:११