अवैध १ लाख डलरसहित भारतीय महिला पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध एक लाख डलरसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।   नेपाल एयरलाइन्सको विमानबाट भारत जान लागेको अवस्थामा तीन महिलालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बन्दना सोनी रहेको त्रिभुवन विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार २०:२५