नेपाल थाइल्याण्डको राष्ट्रिय टिमसँग पराजित

काठमाडौंः थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिम छैठौं मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बुधबार भएको छैठौं खेलमा नेपाल थाइल्याण्डको राष्ट्रिय टिमसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाली टोली थाइल्याण्डको राष्ट्रिय टिमसँग २५–१८, २५–२० र २५–१७ ले पराजित भएको हो ।  थाइल्याण्डमा नेपाली टिमको यो तेस्रो हार हो । यस अघिका पाँच मैत्रीपूर्ण खेलमा नेपालले तीन जित र दुई हार व्यहोरेको थियो ।


प्रकाशित | १४ कार्तिक २०७६, बिहीबार ०८:५५