सुन्दर यातायातका बसले बढेको थप ५० प्रतिशत भाडा नलिने

काठमाण्डौ : सुन्दर यातायात प्रालीले मङ्गलबारदेखि सेवा दिने भएको छ । नेपालमा बिजुली बस सञ्चालन गर्दै आएको प्रालिले सोमबार प्रेस विज्ञप्ति निकाल्दै सरकारको निर्णय अनुसार मङ्गलबारदेखि बस सञ्चालन गर्न लागेको जनाएको हो । यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र बसको हरेक राउण्डमा डिसइन्फेक्शन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीकी प्रशासन प्रमुख सरिता योगीमार्फत निकालिएको विज्ञप्तिमा पुरानै भाडादरमा सेवा दिने उल्लखेख छ । ‘सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइ पुरानै भाडामा यात्रा गराउने समेत व्यहोरा अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित | २९ असार २०७७, सोमबार २०:१८