महिलाको युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता एक वर्ष पछि सर्यो

एजेन्सी :  इंग्ल्यान्डमा आयोजना हुने महिलाको युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता एक वर्ष पछि सरेको छ ।  कोरोना भाईरसको महामारीको कारण सन् २०२१ मा तय भएको प्रतियोगिता एक वर्ष पछि सरेको हो । अब प्रतियोगिता सन् २०२२ को समरमा आयोजना हुनेछ ।

डेनिस फुटबल एसोसियसनको वेबसाइटले महिलाको युरोकप सरेको जनाएको छ । तर, युरोपियन फुटबल एसोसियसन (युईएफए) ले औपचारिक रुपमा प्रतियोगिता सरेको जनाएको छैन ।

बुधबार मात्रै युईएफएसँग आबद्द ५५ सदस्य राष्ट्रको छलफलपछि च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चित कालका लागिसम्म स्थगित गर्ने निर्णय गरेको थियो ।


प्रकाशित | २० चैत्र २०७६, बिहीबार १४:४८