नेपालमा थप ११८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

काठमाडौं : नेपालमा थप ११८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको क्रममा ११८ जनामा कोरोना संक्रमण देखिएको हो ।

अहिलेसम्म क्वारेन्टाइनमा २३ हजार नौ सय १० जना रहेका छन् भने आठ हजार ६ सय तीन जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सँगै कुल डिस्चार्ज हुनेको संख्या आठ हजार ११ पुगेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | २६ असार २०७७, शुक्रबार १६:३३