दोलखामा एमालेको चुनाव प्रचार अभियान आक्रमक, चुनावी कमाण्डर भन्छन्- संघ र प्रदेश दुवै जित्छौ (फोटोफिचर)

दोलखा :  आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमाले दोलखाले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । 

May be an image of 7 people and people standing

नेकपा एमाले दोलखाले जिल्लाका सबै ५१ हजार परिवारलाई भेट्ने लक्ष्यसहित ‘४८ हजार घर पुगौं, ५१ हजार परिवार भेटौं’ अभियान सुरू गरेसँगै पार्टीका नेता तथा कार्यकर्ताहरूले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् ।

May be an image of 3 people

घरदैलो अभियानमा नेकपा एमाले दोलखाले सम्पूर्ण वडा तथा टोल कमिटीहरू परिचालन गरिएको नेकपा एमाले भीमेश्वर नगरका चुनावी कमाण्डर तथा नेकपा एमालेका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनु भयो । 

May be an image of 7 people, tree and outdoors

उहाँका अनुसार ९ वटा पालिकाका ७४ वटा वडाहरूमा पहिलो चरणको घरदैलो अभियान सम्पन्न भई दोस्रो चरणको अभियान सुरू भएको छ ।

May be an image of 3 people, people standing and outdoors

जिल्लाकै सबैभन्दा बढी मतदाता भएको भीमेश्वर नगरपालिकामा चुनावी प्रचार अभियान तीब्र पारिएको उहाँको भनाई छ । मानन्धरका अनुसार भीमेश्वर नगरपालिका भित्र घरदैलो अभियान, मतदाता भेटघाट, कोण सभा र आमसभा जारी रहनाका साथै सामाजिक सञ्जाल र प्रविधिको उच्चतम प्रयोगबाट अभियान अगाडि बढाइएको छ ।

May be an image of 10 people, people sitting, people standing, tree and outdoors

जिल्लाको गौरीशंकर गाउँपालिकाका सबै वडाहरूमा पहिलो चरणको घरदैलो कार्यक्रम सम्म भएको र पुनः दोस्रो चरणको घरदैलो तथा भेटघाट अभियान सुरु गरिएको गौरीशंकर गाउँपालिकाका चुनावी कमाण्डर स्वयंमबहादुर खड्काले जानकारी दिनु भयो ।

May be an image of 11 people, people sitting, people standing, tree and outdoors

यसैगरी जिल्लाको बैत्येश्वर गाउँपालिकामा पनि सबै वडाहरूमा पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न भएको र भोलि हुने गाउँपालिका स्तरीय आमसभाको तयारी भइरहेको बैत्येश्वर गाउँपालिकाका चुनावी कमाण्डर हर्कमान पाख्रिनले जानकारी दिनुभयो ।

May be an image of 2 people and people standing

जिरी नगरपालिकामा पनि नेकपा एमालेको तर्फबाट चुनावी प्रचारका सबै सबै वडा कमिटीलाई घरदैलो केन्द्रित गतिविधिमा परिचानल गरिएको जिरी नगरपालिकाका चुनावी कमाण्डर टंक जिरेलले जानकारी दिनु भयो ।

May be an image of 11 people, people standing and outdoors

यसैगरी प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीको गृहपालिका कालिञ्चोक गाउँपालिकामा पनि चुनावी अभिायन तीव्र पारिएको छ । कालिञ्चोक गाउँपालिकाका चुनावी कमाण्डर कालिका पाठकका अनुसार सबै वडा कमिटी परिचालन गरी घरदैलो अभियान जारी राखिएको छ ।

May be an image of 3 people, people standing and outdoors

यस्तै बिगु गाउँपालिकामा पनि पहिलो चरणको घरदैलो अभियान सम्म्पन भई दोस्रो चरणको प्रचार–प्रचार तथा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सञ्चालन भइरहेको बिगु गाउँपालिकाका चुनावी कमाण्डर कृष्ण भुजेलले जानकारी दिनुभयो ।

May be an image of 3 people and people standing

सबै क्षेत्रमा कार्यकर्ताहरू उच्च मनोबलका साथ पार्टी जिताउन खटिएको नेकपा एमाले बागमती प्रदेश सभा सदस्य तथा प्रदेश (ख)का चुनावी कमाण्डर डबल पाण्डेले बताउनुभयो । ‘हामी दुवै क्षेत्रमा १० हजार मतअन्तर तथा संघमा सोको दोब्बर मतान्तरले जित्नेगरी अभियान अगाडि बढाइरहेका छौँ,’ पाण्डेले भन्नुभयो ।

May be an image of 7 people, people standing and outdoors
May be an image of 8 people, people sitting and people standing
May be an image of 6 people, people sitting and people standing
May be an image of 5 people, people standing and outdoors
May be an image of 2 people, people standing, people sitting and outdoors
May be an image of 3 people, people standing, outdoors and text that says 'RaviJung 11 Nov 2022, 10:59'
May be an image of 9 people, people standing and outdoors
May be an image of 12 people, people sitting, people standing and outdoors
May be an image of 4 people, people standing, people sitting and outdoors
May be an image of 1 person, sitting, standing and outdoors
May be an image of 4 people, people sitting, people standing and outdoors
May be an image of 6 people and people standing
May be an image of 9 people and people standing
May be an image of 7 people, people standing and outdoors
May be an image of 9 people, people standing and outdoors

प्रकाशित | २५ कार्तिक २०७९, शुक्रबार २०:३६