नेपाली चेली अनुष्कालाई भोट गरि मिस वल्डमा जिताउन एनआरएनए बहराइन अध्यक्षको आह्रवान

बहराइन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) बहराइन अध्यक्ष लक्ष्मी गिरीले बेलायतमा आउँदो डिसेम्बरमा हुन गइरहेको मिस वल्ड प्रतियोगितामा नेपाली चेलीलाई भोट गरि जिताउन आह्रवान गर्नुभएको छ । अध्यक्ष गिरीले एक नेपालीको नाताले सबैले आआफनो ठाउँबाट सक्दो सहयोग गर्दै नेपाललाई विश्वमा चिनाउन भोट गरिदिन आह्रवान गर्नुभएको हो । बहराइन तथा विश्वभरि बसोबास गर्नुहुने सम्पूर्ण गैर आवासीय नेपालीलाई भोट गरिदिन आह्रवान गर्नुभएको हो ।

यस पटक बेलायतमा हुन लागिरहेको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दैहुनुहुन्छ ।  मिस नेपाल श्रेष्ठलाई मिस वल्र्डमा जिताउन यतिखेर सबैको सहयोग चाहिएको छ । शूरुमा मिस वल्र्ड अन्तर्गतको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोग चाहिएको हो ।

आउँदो डिसेम्बरमा हुन गइहेको मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ मल्टीमिडिया अवार्ड जित्नको लागि लाईकको आवश्यक पर्छ । जसको लागि MOBSTARएप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानीकन रिफ्रेस वा रिइस्टाट गरिदिनु हुन समेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाईक एक भोटको रुपमा गणना हुनेछ ।

मिस वल्ड प्रतिस्पर्धामा सहभागी बन्न अनुष्का केहि दिनमै बेलायतमा जाँदैहुनुहुन्छ । नेपालको तर्फबाट मिस वल्डमा प्रतिस्पर्धा गर्न लागिरहनु भएको अनुष्कालाई अन्तराष्टिय मिडियाले टप १० भित्र राखेको छ । त्यसो त टप २० भित्र पर्न सफल भएमा मात्र नेपालले मिस वल्डको मल्टी मिडिया अवार्ड जित्न सफल हुनेछ । आउँदो डिसेम्बर १४ तारिखमा बेलायतमा हुन लागेको मिस वल्ड प्रतिस्पर्धामा विश्वभरिबाट करिव १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ ।


प्रकाशित | २९ कार्तिक २०७६, शुक्रबार १८:३१