विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक: गृहमन्त्री थापा

हेटौँडा: गृहमन्त्री रामबहादुर थापा (बादल)ले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक भएको बताउनुभएको छ । गृहमन्त्रायद्वारा ३ नम्बर प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेकोले सरकार त्यसतर्फ प्रतिबद्ध बताउनुभयो ।

संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताउँदै भन्नुभयो, ;देशमा चोरी, तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको छ । त्यस कार्यमा सरकार सफल पनि हुँदै शान्ति सुरक्षामा सुधार आएको छ ।’


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १२:२६