आफ्नै पतिद्वारा जलाइएकी मण्डलको निधन

काठमाडौं: आफ्नै पति र सासूले जिउँदै आगो लगाएर गम्भीर घाइते भएकी कञ्चन मण्डलको दुखदायी निधन भएको छ । सिरहाकी मण्डलको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहा नगरपालिका–८ की २१ वर्षीय मण्डललाई विहीबार आफ्नै पति र सासु मिलेर जिउँदै जलाएका थिए । श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार छन्  ।कञ्चनकी सासूलाई सिरहामै प्रहरीले पक्राउ गरेको छ ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १८:४५