दोलखाका तामाकोशी र वैतेश्वरबासी भन्छन् — बुथ कब्जा गर्नेलाई ‘नो भोट’

दोलखा । दोलखाको वैतेश्वर र तामाकोशी गाउँपालिकाको चार मतदान केन्द्रका १० वटा बुथमा बिहीबार पुनः मतदान हुँदैछ । मंसिर ४ गते गठबन्धनका केहि अराजक कार्यकर्ताले गुण्डागर्दी शैलीमा बुथ कब्जा गरि एक्लौटी ढंगले मत खसालेपछि बिहीबार पुनः मतदान हुन लागेको हो ।

लामो सयमदेखि आफ्नो मताधिकारबाट बञ्चित हुँदै आएका स्थानीयबासीले मतदाता नामावलीमा नाम भएर पनि मत खसाल्न पाएका थिएनन् अर्थात प्राप्य हरेक निर्वाचनमा उनीहरुको मताधिकार खोसिने गरेको थियो । तर यो पटकबाट भने इतिहास नदोहिरिने गरि उनीहरुले पुनः मतदान गर्न पाएका छन् । विशेष गरि नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको पहलमा पुनः मतदान गर्न पाएका स्थानीयबासीहरुले आफूहरुको अधिकार खोस्ने र बुथ कब्जा गर्नेलाई मत नदिने बताए ।

देशमा कानुनी शासन छ कि छैन भन्ने आभास अहिलेसम्म नपाएका कतिपय स्थानीयले भने पहिलो पटक मतदान गर्दैछन् । किनकी मतदाता नामावलीमा नाम भएको दसकौ भएपनि विडम्वना नै भन्नुपर्छ उनीहरुले आफ्नो मत आफैले हाल्न पाएका थिएननन् ।

उनीहरुले निर्वाचनमा आफ्नो आस्थाको आधारमा मतदान गर्ने भए पनि पुनः मतदानमा भने नेकपा एमालेका उम्मेदवारहरुलाई मत दिने बताए । ’हामी जुनसुकै पार्टीमा आस्था राखौला, हामी एमालेका कार्यकर्ता पनि होइनौ तर यो पटक बुथ कब्जा गर्नेलाई सबक सिकाउनका लागि भए पनि एमालेलाई मत दिन्छौ’, स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने ।

पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयपछि उत्साहित र खुसी बनेका स्थानीयले आफैले दसकौदेखि मतदान गर्न नपाएको गुनासो गरे । देशमा कानुनी शासन छ कि छैन भन्ने आभास अहिलेसम्म नपाएका कतिपय स्थानीयले भने पहिलो पटक मतदान गर्दैछन् । किनकी मतदाता नामावलीमा नाम भएको दसकौ भएपनि विडम्वना नै भन्नुपर्छ उनीहरुले आफ्नो मत आफैले हाल्न पाएका थिएननन् ।

’हामी जुनसुकै पार्टीमा आस्था राखौला, हामी एमालेका कार्यकर्ता पनि होइनौ तर यो पटक बुथ कब्जा गर्नेलाई सबक सिकाउनका लागि भए पनि एमालेलाई मत दिन्छौ’, स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने ।

पछिल्लो समय सामाजीक सञ्जालदेखि मिडिया सम्म बुथ कब्जाका घटना, भिडियो, तस्विरहरु छरप्रष्ट भएपछि राज्यले बुथ कब्जाको विषयलाई चासोका साथ हेरेको र आफूहरुले न्याय पाएको उनीहरुको भनाइ छ । उनीहरुले जनतालाई डर क्रासमा राख्ने, मत लुट्नेलाई सार्वजनीकि रुपमा बहिष्कार गर्नुपर्नेमा पनि जोड दिर्दै आफूहरु अब कसैको डर, धाक धम्कीको आधारमा मत नदिने र यो पटक बुथ कब्जा भएको ठाउँमा पुनः मतदान गराएर न्याय दिलाउने विशेष गरि बालकृष्ण शिवाकोटी र एमाले उम्मेदवारहरुलाई मत दिने बताए ।

स्थानीयबासीले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शिवाकोटीले बुथ कब्जामा अरुको सिको नगरेको र इमानको राजनीति गरेकोमा प्रशंसा समेत गरेका छन् । उनीहरुले शिवाकोटीको इमानदारीतालाई कदर गर्दै भोट दिने कुरामा विश्वास समेत दिलाएका छन् ।


प्रकाशित | १४ मंसिर २०७९, बुधबार १८:५६