नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा वार्ता शूरु

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानको लागि बालुवाटारमा वार्ता शुरु भएको छ । पार्टीभित्र विवाद चर्किदै गएपछि दुई अध्यक्षबीच निर्णायक वार्ता शूरु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको हो । अहिले दुवै अध्यक्षबीच वार्ता जारी छ । पछिल्लो समय दुई अध्यक्षबीच अविश्वास बढ्दै गएपछि युवा नेताहरूले ‘मिल्न’ दुवै अध्यक्षलाई दबाव दिइरहेका छन् ।


प्रकाशित | १९ असार २०७७, शुक्रबार १३:२१