एनआरएनए अमेरिकाको ज्ञान सम्मेलन : ७० जना विज्ञहरुको कार्यपत्र प्रस्तुत हुने

न्यूयोर्क : गैर आवासीय नेपाली संघ अमेरिकाले आयोजना गर्न लागेको ज्ञान सम्मेलनमा ८ वटा क्षेत्रमा ७० विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ । सम्मेलनमा ८ वटा क्षेत्रमा ७० जना विज्ञहरुले आ-आफनो कार्यपत्र प्रस्तुत गर्नुहुने तय भएको हो ।

Image may contain: 5 people, including Peetambar Dahal and Tharka-Sen Coordinator Nrna Road-Safety

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहका अनुसार वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको ज्ञान सम्मेलन ४ तारिखमा तय गरिएको छ । भच्र्युअल रुपमा हुने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरुको बाक्लो सहभागिता रहने भएको हो ।

Image may contain: 5 people

यसअघि एनआरएनए अमेरिकाले थालनी गरेको ज्ञान सम्मेलन अहिले विश्व सम्मेलनमा परिणत भइसकेको छ । यसअघि नै नेपालमा पहिलो पटक काठमाडौंमा पहिलो विश्व विज्ञ सम्मेलन आयोजना भइसकेको छ । शूरुमा एनआरएनए अमेरिकाले विदेशमा रहेका नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि हस्तान्तरण गरेर स्वदेशको सम्मृद्धिमा लगाउनुपर्छ भन्ने उद्देश्यले पहिलो पटक विज्ञ सम्मेलन आयोजना गरेको थियो । अहिले त्यसैको निरन्तरता स्वस्प यो पटक पनि ज्ञान सम्मेलन साधारसभाकै अवसरमा आयोजना गर्न लागिएको अध्यक्ष साहले जानकारी गराउनुभयो ।

त्यस्तै, सम्मेलनमा विभिन्न शीर्षकमा रहेर विषयगत छलफलहरु हुने नलेज कन्भेन्सनका संयोजक डाक्टर तारा सिग्देलले जानकारी गराउनुभयो । संयोजक डाक्टर सिग्देलले आफुहरुले आठ वटा सिम्फोजियम र चार वटा टाउन हल छलफलको लागी तयारी गरेको जानकारी दिनुभयो।

हामीले पढेर ज्ञान पाएकाहरुका साथै लामो समय काम गरेर अनुभवले ज्ञान हासिल गरेकाहरुलाई पनि छलफल सहभागी बनाउन लागेको जानकारी दिनुभयो। समितिका सदस्यहरु सतिश त्रिपाठी र डाक्टर राजेन्द्र पंगेनीले पनि कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो।

साधारणसभाको सम्पूर्ण तयारी पूरा

त्यस्तै, एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन बोर्डका पदाधिकारि र बार्षिक साधारण सभा तथा नेस्नल नलेज कन्भेनशन तयारी समितिका पदाधिकारीहरुले पूरा भएको बताउनुभएको हो ।

Image may contain: 5 people

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहले यस ऐतिहासिक सम्मेलनमा सहभागी हुन सबैलाई अनुरोध गर्नु भएको छ । उहाँले वर्तमान नेतृत्वलाई संसारको परिस्थिति देखाएर साधारण सभा नगर्न धेरै सुझाब आएपनि आफुहरुले सजिलो बाटो नखोजेर जोखिमको बाटो अबलम्बन गरेको जानकारी दिनुभयो। पत्रकारहरुसंग साहले भन्नुभयो, ‘सबै कुरा नयाँ छन, चुनौतीपूर्ण छन र साथसाथमा यी सबै अवसर हुन् भनेर हामी सक्रियताका साथ अगाडी बढेका छौं।’

Image may contain: 8 people

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तथा आसन्न साधारण सभाका कन्भेनर डाक्टर अर्जुन बन्जाडेले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आफुहरुले शुरुमा कसरी सम्भव होला र भनेर शुरु गरेको काममा धेरै नै मेहेनत गरेर अब त जसरी पनि गरिन्छ भन्ने स्थितिमा पुगेको पनि जानकारी समेत दिनुभयो। उहाँले साधारण सभा र ज्ञान सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्रि प्रदीप ज्ञवालीले नेपालबाट नै गर्नुहुने जानकारी दिनुभयो। साथै, आईसीसीका अध्यक्ष कुमार पन्त लगायतका बिशेष अतिथिहरुले निमन्त्रणा स्विकारिसक्नु भएको जानकारी पनि कन्भेनर बन्जाडेले संचारकर्मीहरुलाई दिनुभएको थियो।

Image may contain: 5 people

यो पटकको साधारण सभामा बिधानका केहि कुराहरु संशोधन गर्न लागिएको र प्रक्रिया अनुरुप सदस्य माझ लैजाने तयारीमा आफुहरु रहेको उपाध्यक्ष तथा बिधान समितिका संयोजक बिआर लामाले जानकारी गराउनुभयो। उपाध्यक्ष लामाले प्रक्रिया अनुरुप आफुहरुले साधारण सदस्यदेखि विज्ञहरुसम्मले पठाएका सुझाब र सल्लाहलाई संकलन गरेको साथै सबैको आवाज सुनुवाई होस् भन्नेगरि काम गरिरहेको पनि जानकारी दिनुभएको थियो।

Image may contain: 4 people, including Ranjeet Mahato

महासचिव पशुपति पाण्डेले संस्थाका सबै सदस्यहरुले एकैपटक सहभागी हुन् सक्नेगरि तयारी गरेको जानकारी दिनुभयो। भौतिक उपस्थितिमा हुने कार्यक्रम भन्दा भर्चुअल उपस्थितिमा हुने कार्यक्रम गर्न धेरै मेहेनत गर्नुपरेको अनुभव पनि पाण्डेले सुनाउनु भएको थियो। सबै स्थान र सबैको चाहना अनुसारको समय ब्यबस्थापन गर्न अलिक अफ्ठेरो परेको बताउनु भयो। उहाँले पत्रकार सम्मेलन मार्फत सबै सदस्यहरुलाई जुलाईको १ तारिख भित्र नै अन्लाईन रजिस्ट्रेशन गर्न सार्बजनिक अनुरोध गर्नुभएको छ ।

Image may contain: 6 people, including Dikshya Basnyet

त्यसैगरी तिन दिनको सम्मेलनको प्राबिधिक पाटोका बारेमा आईटी समितिका संयोजक पशुपति पाण्डे, सहसंयोजक द्वय दधि ढुंगाना र सदस्य पदम भण्डारीले प्रकाश पार्नु भएको थियो। उहाँहरुले सदस्यको सूचना सुरक्षालाई प्राथमिकतामा राखेर उहाँहरुको अधिकारलाई प्रदान गर्न हरसम्भव प्रयास गरिएको जानकारी दिनुभयो। यति धेरै संख्याका सहभागीहरुको अन्लाईन सम्मेलनको प्राबिधिक तयारी गर्नु सजिलो नभएपनि आफुहरुले धेरै नै समय खर्च गरेर अमेरिकाका नेपालीहरुले गौरब गर्न लायक काम गरिरहेको विश्वास पनि सह संयोजक दधि ढुंगानाले पत्रकार सम्मेलनमा ब्यक्त गर्नुभयो।


प्रकाशित | १७ असार २०७७, बुधबार १९:५५