दिदीबहिनी समाज भिक्टोरियाको तेश्रो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सुशील चालिसे /मेलबोर्न

अस्ट्रेलियाको मेलबोर्नमा नेपाली समुदाय बीच चिरपरिचित संस्था दिदीबहिनी समाज भिक्टोरियाले आफ्नो तेश्रो साधारण सभा सम्पन्न गरेको छ । ग्लेनरोय स्थित युनाइटिङ्ग चर्चमा सम्पन्न उक्त सभाबाट दुई बर्ष (२०१९-२०२१) कार्यकालका लागि सर्बसम्मत रुपमा जमुना पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

साधारण सभामा समाजले दुइ बर्षमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका निबर्तमान अध्यक्ष जमुना पराजुलीले संस्थाले अहिले सम्म गर्दै आएका बिभिन्न कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत र संस्थाका निबर्तमान कोषाध्यक्ष बेञ्जु ज्ञवालीले आर्थिक विवरण पेश गर्नु भएको थियो । सभाले दुवै विवरणहरु तथा बिधानमा केहि संशोधन समेत गरि सर्बसम्मतीबाट पास गरेको थियो ।

जमुना पराजुली ज्यूको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्ष प्रभा श्रेष्ठ, सचिव शोभा लम्साल, सह-सचिब स्मृति घिमिरे, कोषाध्यक्ष बेञ्जु ज्ञवाली, सह-कोषाध्यक्ष कमला चालिसे कार्य समिति सदस्यहरुमा रुची गौतम, अन्जु अधिकारी, लिना गुभाजु, झरना भट्टराई, अन्जना नेपाल, संजना श्रेष्ठ, निर्मला न्यौपाने, गीता छेत्री, बर्षा केसी राजभण्डारी रहनु भएको छ ।

त्यसैगरी संस्थाको सल्लाहकारमा रोशन भण्डारी, डा कोलिन रोल्स, लक्ष्मी योन्जन, डा एन म्यारी डिगिन्स र टिना लिंन्डन रहनु भएको छ । संस्थाले क्रेगिबर्न र डयानेडंग क्षेत्रबाट एक एक जना सदस्यहरु अब बस्ने नयाँ कार्यसमितिको बैठकबाट थप गरिने जानकारी वर्तमान उपाध्यक्ष प्रभा श्रेष्ठ ज्युले बताउनु भएको थियो ।

भिक्टोरियामा नेपाली समुदायहरु बीच निकै राम्रो छाप पार्न सफल संस्थाले अहिले सम्म Be the best women , Library Partnership , Music with Catherine , International Women ‘s Day , Breast Screening , Family Violence Prevention , Teej Festival , Family Picnic जस्ता बिभिन्न कार्यक्रमहरु सफल रुपमा संचालन गरिसकेको छ ।

 सन् २०१२ मा स्थापना भएको उक्त संस्था छोटो समयमै मेलबोर्नमा एउटा प्रतिष्ठित संथाको रुपमा आफुलाई उभ्याउन सफल भईसकेको छ र आगामी दिनहरुमा बिदेशी संस्थाहरुबाट समेत संयुक्त रुपमा कार्यक्रमहरु संचालन गर्ने प्रस्ताबहरु पनि प्राप्त गरिसकेको छ । समाजले बिभिन्न च्यारिटी कार्यक्रमहरुबाट संकलित रकमहरु नेपालमा हिँसा पिडित महिला तथा बालबालिकाहरुको सहयोगका लागि पठाउने गर्दै आएको छ ।

दिदीबहिनी समाज भिक्टोरियाको साधारण सभाबाट सर्बसम्मत चयन हुनु भएका अध्यक्ष जमुना पराजुलीले आगामी दिनहरुमा संस्थाले महिलाहरुका लागि अझै धेरै कार्यक्रमहरु संचालन गर्ने र मेलबोर्नमा अबस्थित सम्पूर्ण नेपाली समुदायहरु बाट प्राप्त माया, सदभाब, सहयोग तथा समर्थनका लागि समाजका तर्फबाट आभार व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष पराजुलीले आगामी दिनमा संस्थाले सबैको सल्लाह सुझाबहरुलाई संकलन गर्दै मिलेर अघि बढ्ने बताउनु हुदै नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सुभकामना व्यक्त गर्नुभएको थियो ।


प्रकाशित | १ पुष २०७६, मंगलवार ०९:१४