ग्रेटर नेपालका अध्यक्ष बैङ्किङ कसुरमा पक्राउ

काठमाडौं :ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल बैङ्किङ कसुरमा पक्राउ पर्नुभएको छ । नेपाललाई ६ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको जनाएको छ । नेपालले गौशालामा सञ्चालन गर्दै आएको इडेन पब्लिक स्कुलका घरबेटी नरेशकुमार न्यौपानेलाई नेपालले खातामा पैसा नभए पनि चेक दिनुभएको थियो । उहाँलाई बैङ्किङ कसुरमा कारबाही गर्ने तयारी रहेको काठमाडौं प्रहरी प्रवक्ता होवीन्द्र बोगटीले जानकारी गराउनुभयो ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १८:२३