भारतमा ‘टिक–टक’माथि लगाइयो प्रतिबन्ध

काठमाडौं : भारतमा ‘टिक–टक’माथि प्रतिबन्ध लगाइएको छ । भारतले भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाएको हो । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको समाचार एजेन्सीहरुले जनाएका छन् । समाचारमा जनाइएअनुसार मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेपछि प्रतिबन्ध मंगलबार रातिबाट लागू भएको हो।]

सर्वोच्च अदालतले मद्रास उच्च न्यायालयमा यस सम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सो मुद्दाको फैसला नआएसम्म सर्वोच्चले उक्त विषयसँग सम्बन्धित पुरक मुद्दा नहेर्ने निर्णयसमेत गरेको छ। भारतमा म‌ंगलबारबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ। ‘टिक–टक’मा विशेष इफेक्टका साथ प्रयोगकर्ताले भिडियो बनाउन र शेयर गर्न सक्ने व्यवस्था छ। बालबालिकालाई असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो। ‘पोर्नोग्राफी’ बढाएको, यस्ता भिडियोका ‘कन्टेन्ट’ अश्लील हुने गरेको भन्दै अदालतले रोक लगाउने फैसला गरेको हो।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार ०९:३८