एनआरएनए अमेरिकाको नवौं साधारणसभाको सम्पूर्ण तयारी पूरा : सुनील साह

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको नवौं साधारणसभा जुलाई ३ देखि ५, २०२० मा हुन गइरहेको छ । वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै भच्र्युअल रुपमा संघको साधारणसभा आयोजना गरिर्दैछ । साधारणसभासँगै विज्ञ सम्मेलन पनि आयोजना गरिएको छ । यसै अवसरमा साधारणसभा र ज्ञान सम्मेलनको विषयमा केन्द्रित रहेर गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनील साहसँग छोटो कुराकानी गरेका छौ । प्रस्तुत छ, अध्यक्ष साहसँग गरिएको कुराकानीको सम्पादीत अंश ;-

साधारणसभाको तयारी कहाँ पुग्यो ?

कोभिड–१९ भाइरसका कारण विश्वभर उत्पन्न जटिल परिस्थितिमा यसको संक्रमणवाट जोगिन सामाजिक दुरी कायम गर्नु अहिलेको मुख्य आवश्यकताको पक्षलाई विशेष ख्याल गरी भच्र्युअल रुपमा आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौं साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । साधारणसभा जुलाई ३ देखि ५, २०२० मा भए बमोजिम कार्यक्रम तालिका, अतिथिहरुको टुंगो लगाउने देखि सम्पूर्ण तयारी पूरा गरेका छौ । जसअनुसार साधारणसभाको पहिलो दिन ३ तारिखमा उद्घाटन सत्र हुनेछ । कार्यक्रम नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा हुनेछ । साथै कार्यक्रममा विशेष अतिथिको रुपमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त, आइसिसी पदाधिकारीहरु रहनुहुनेछ । साथै अतिथिहरुको रुपमा पनि विभिन्न क्षेत्रका ब्यक्तीत्वहरुको सहभागिता रहनेछ । ४ तारिखमा विज्ञ सम्मेलन र ५ तारिखमा विधानको विषयमा छलफल, संस्थाको आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन प्रस्तुत भई छलफल हुनेछ ।

साधारणसभासँगै विज्ञ सम्मेलन पनि आयोजना गर्नुभएको छ, सम्मेलनमा कुन -कुन क्षेत्रका के कती विज्ञहरुको सहभागिता रहन्छ ?

गैर आवासीय नेपाली संघ अमेरिकाले थालनी गरेको ज्ञान सम्मेलन अहिले विश्व सम्मेलनमा परिणत भइसकेको छ । यसअघि नै नेपालमा पहिलो पटक काठमाडौंमा पनि पहिलो विश्व विज्ञ सम्मेलन आयोजना भइसकेको छ । शूरुमा एनआरएनए अमेरिकाले विदेशमा रहेका नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि हस्तान्तरण गरेर स्वदेशको सम्मृद्धिमा लगाउनुपर्छ भन्ने उद्देश्यले पहिलो पटक विज्ञ सम्मेलन आयोजना गरेको थियो । अहिले हामीले त्यसैको निरन्तरता स्वस्प यो पटक पनि ज्ञान सम्मेलन साधारसभाकै अवसरमा आयोजना गर्न लागेका हौ । ज्ञान सम्मेलनमा विभिन्न क्षेत्रका कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा ८ वटा क्षेत्रका ७० जना विज्ञहरुले आ-आफनो कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

साधारणसभामा विधान संशोधनको विषयमा पनि छलफल हुन्छ ?

यो पटक घनीभूत रुपमा विधान संशोधनको विषयमा छलफल गर्नेछौ । विशेष गरि ५ तारिखमा विधानको विषयमा छलफल गर्ने तय भएको छ । आइसिसीको विधानसँग मिल्दोजुल्दो हुने गरि आवश्यक सल्लाह र सुझावको आधारमा विधान संशोधन गर्न सक्ने गरि तयारी गरेका छौ ।

तपाईहरुले इतिहासमै पहिलो पटक एनआरएनए अमेरिकाको साधारणसभा भच्र्युअल रुपमा गर्दै हुनुहुन्छ ? संस्थाको गोपनीयता र सुरक्षा चुनौतीलाई कसरी ब्यवस्थापन गर्नुभएको छ ?

वर्तमान अत्यन्तै असहज परिस्थितिलाई मध्यनजर गर्दै साधारणसभा गर्न गइरहेको हुनाले यसलाई निकै चुनौतीको रुपमा पनि लिएका छौ । साधारणसभा जुमबाट गर्ने भएकाले हामीले संख्याको आधारमा ब्यवस्थापन गरेका छौ । साथै ब्याक अपको पनि तयारी गरेका छौ । त्यस्तै, भच्र्युअल रुपमा गर्दा गोपनीयताको लागि र अन्य किसिमका सुरक्षा सावधानीका लागि विशेष ध्यान दिएर तयारी गरेका छौ ।

साधारणसभामा के -कती संख्यामा सहभागिता हुने अनुमान गर्नुभएको छ ?

गैर आवासीय नेपाली संघ अमेरिका अन्तर्गत २० वटा च्याप्टर र १२ जना फोकल पर्सन हुनुहुन्छ । साधारणसभामा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि तयारी गरेका छौ । त्यसको लागि जुलाई १ तारिखको अपरान्ह ५ (पूर्वीय समय) बजेसम्म रर्जीष्टेशनको समय तोकेका छौ । पञ्जीकृत सदस्यलाई रजिष्टेशन शुल्क १० डलर तोकिएको छ । साधारणसभामा हामीले रजिष्टेशनपछि मात्र आधिकारिक तथ्यांक भन्न सक्ने अवस्था छ । यद्यपी हामीले १ हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरेका छौ ।

अन्तमा गैर आवासीय नेपाली संघ अमेरिकाका पञ्जीकृत सदस्यहरुलाई भन्नै पर्ने केहि छ ?

अन्तमा यस विषम परिस्थितिमा हामीले संस्थाको साधारणसभा भच्र्युअल रुपमा गर्न गइरहेको यहाँहरु सबैलाई अवगतै छ । अहिलेको परिस्थितिलाई ध्यान दिर्दै साधारणसभा गर्न गइरहेकाले सम्पूर्ण पञ्जीकृत सदस्य महानुभावहरुमा सहभागिताको लागि रर्जिष्टेशन दर्ता गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहान्छु । साथै साधारणसभामा सहभागि भई साधारणसभा भब्य र सब्य रुपमा सम्पन्न गरिदिनु हुन पनि पुन: एक पटक सबैमा विनम्र अनुरोध गर्न चाहान्छु । धन्यवाद ।


प्रकाशित | १६ असार २०७७, मंगलवार १५:३२