स्टर्लिङको गोलमा सिटीको जित

एजेन्सी : म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । आईतबार राति भएको खेलमा न्युक्यासल युनाईटेड २–० ले हराउँदै सिटी सेमिफाईनल प्रवेश गरेको हो ।

सिटीको जितमा केभिन डी ब्रुईनी र रहिम स्टर्लिङले एक एक गोल गरे । ब्रुईनीले ३७ औं मिनेटमा पेनाल्टीमार्फत सिटीलाई अग्रता दिलाएका थिए । स्टर्लिङले ६८ औं मिनेटमा सिटीको जित सुनिश्चित गरेका थिए । उनले सिजनको २२ औं गोल पुरा गरे । सिटीले सेमिफाईनलमा बलियो प्रतिद्धन्दी लण्डन क्लब आर्सनलसंग प्रतिस्पर्धा गर्नेछ ।

सिटीले एफ ए कपको उपाधि जितिसकेको छ । सिटीले च्याम्पियन्स लिगको समेत अन्तिम १६ को खेलमा रियल मड्रिडबिरुद्ध अग्रता लिएको छ । प्रिमियर लिगको उपाधि गुमेपनि सिटीलाई अझै यस सिजनलाई सफल बनाउने अवसर छ ।

न्युक्यासल सन् २००० पछि पहिलो पटक एफ ए कपको सेमिफाईनलमा प्रवेश गरेको थियो । तर उसको यात्रा अन्तिम ४ भन्दा अघि बढ्न सकेन ।


प्रकाशित | १५ असार २०७७, सोमबार ०९:२८