ओलम्पिक छनौट : म्यानमारसँग भिड्दै नेपाली महिला फुटबल टिम

काठमाडौं: नेपाली महिला फुटबल टिम आज म्यानमारसँग प्रतिपस्र्धा गर्दैछ । ओलम्पिक छनौट दोस्रो चरणको खेलमा म्यानमारसँग नेपाली महिला फुटबल टिम भिड्ने भएको हो ।नेपाल फिफा वरियतामा पछिल्लो पाँच स्थान सुधार गर्दै १०३ औं स्थानमा छ भने म्यानमार ४४ औं स्थानमा छ। बुधबार म्यानमारसँग खेल्ने नेपालले शनिबार भारत र मंगलबार इन्डोनेसियाको सामना गर्नेछ। खेल म्यानमारको मन्डलारथिरी रंगशालामा नेपाली समयअनुसार बुधबार अपराह्न ५ः१५ बजे खेल सुरु हुनेछ ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार ११:३०