पहाडी जिल्लामा पनि भेटिए सलह

काठमाडौँ : सलह कीरा शनिबार भारतबाट नेपाल प्रवेश गरेपछि यसको नियन्त्रण गर्ने सम्बन्धमा आज विज्ञहरुको बैठक बस्दैछ । आज कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सहितको सम्मेलित टोलीको बैठक बसिरहेको बताइएको छ । नेपालमा सर्बप्रथम शनिबार (हिजो) भारतको सीमावर्ती ३ जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको हो ।

शनिबार भारतीय भूमि हुँदै उक्त कीरा बाराको डुमरवाना, पर्साको पर्सागढी र सर्लाहीको नलवपुर लगायतका क्षेत्रमा प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको थियो ।

त्यस्तैगरी आज आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ । ६० वर्ष पहिला काठमाडौं उपत्यकामा सलह भेटिएको जानकारहरु बताउछन् । तर त्यो समयमा पाइएका भन्दा अहिले भारतबाट प्रवेश गरेको सलह २० गुण ठूलो रहेको छ । फट्याङ्ग्रा प्रजातीमा पर्ने सलह एक बालीनाशक कीरा हो । सलह कीराले बिरुवाका पात, फल, बिरुवाको हाँगा खाएर बोट नै सखाप पार्ने गर्दछ ।


प्रकाशित | १४ असार २०७७, आईतवार १२:५१