नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या ११ हजार ७५५ पुग्यो

काठमाडौं : नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार थप ५९३ सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ७५५ पुगेको छ । नेपालमा रसुवा जिल्लाबाहेक सबै जिल्लामा संक्रमित भेटिसकेका छन् । आज काठमाडौंमा समेत तीन जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ। 


प्रकाशित | १२ असार २०७७, शुक्रबार १६:२८