पोखरामा कोरोनाबाट थप एकको मृत्यु , गण्डकीमा संक्रमित संख्या ७५३ पुग्यो

पोखरा : कोरोना भाइरस संक्रमणका कारण गण्डकीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको गए राति निधन भएको हो ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश को फोटो।

ती ब्यक्तीको असार ८ गते कोरोना संक्रमण भइ गम्भीर निमोनिया तथा मधुमेह भई भेन्टिलेटरमा राखी उपचार गरिएकोमा गए राती ११ः ३५ मा निधान भएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि कोरोनाबाट वालिङका ५८ वर्षे पुरुषको पनि निधन भइसकेको छ

थपिए ४ जिल्लामा ११ जना संक्रमित

त्यस्तै, गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या ७५३ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा ४ जिल्लामा ११ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश को फोटो।

निर्देशनालयका अनुसार म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नवलपुरमा १ सय ८३, बागलुङमा १ सय ४२, स्याङ्जामा १ सय ३५, तनहुँमा ९१, पर्वतमा ६८, गोरखामा ७२ ,रहेका छन् । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


प्रकाशित | ११ असार २०७७, बिहीबार ०७:५१