‘नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस् लगानी गर्नुहोस्’

काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा बोल्नुहुँदै महत्तोले नेपाल वैदेशिक लगानीको लागि सहज मुलुक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस् लगानी गर्नुहोस् ।’ नेपालमा लगानी गरेर विश्वमै उच्च नाफा लिन सकिने मुलुकका रुपमा रहेको भन्दै उहाँले समस्या हरेक देशमा हुने भए पनि पछिल्ला दिनमा भने यहाँ खासै लगानीका लागि व्यवधान नरहेको प्रष्ट पार्नुभयो ।

नेपाली जनता र यहाँको सरकारी संयन्त्र सहजरुपमा उपलब्ध हुने भएकाले लगानीका लागि कुनै झन्झट व्यहोर्नु नपर्ने उहाँले बताउनुभयो । उहाँले विश्वका विकसित देशमा समेत एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण गर्न असजिला प्रक्रिया छन् तर नेपालमा त्यस्तो नभएको अनुभव सुनाउनुभयो ।


प्रकाशित | १६ चैत्र २०७५, शनिबार १३:५१