एनआरएनएको गरिमा र साखलाई उच्चो बनाउन अध्यक्ष कुमार पन्तको सक्रियता

काठमाडौं : एनआरएनएको गरिमा र साखलाई उच्चों बनाउन लागिपर्नुभएको गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुमार पन्त आज जर्मनी प्रस्थान गर्नुभएको छ । एनआरएनएलाई नमूना र उदाहरणीय बनाउन लागिपर्नुभएको अध्यक्ष पन्तले फेस टु फेस बैठक सम्पन्न गर्नुहुँदै एनआरएनएका एजेन्डामा केन्द्रित भएर रातो दिन समय ब्यक्तीत गर्नुभयो ।

दुई वर्षे कार्यकालमा काम गरेर देखाउनुपर्छ भन्ने निस्वार्थ भावनाले अगाडि बढिरहनु भएको अध्यक्ष पन्तलाई पूरै टिमको सहयोग मिलीरहेको छ । सोही सहयोगलाई सही सदुप्रयोग गर्दै हरेक क्षेत्रमा एनआरएनएको बलियो उपस्थिति देखाउँदै जानु भएको छ ।

फुस टु फेस बैठक सम्पन्न गरेसँगै नेपाल रहँदा अध्यक्ष पन्तले विशेष गरि एनआरएनभित्र देखिएका विकृति अन्य गर्ने गृहकार्यमा केन्द्रित हुनुभयो । साथै गैर आवासीय नेपाली नागरिकतालाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन नेपाल सरकारलाई दबाब दिन र सरकारको ध्यानर्कषण गराउन अध्यक्ष पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत प्रत्यक्ष भेट गर्नुभयो ।

सार्थै अध्यक्ष पन्तले श्रमीक कल्याणकारी कोषलाई ब्यवस्थित बनाउन लागिपनुएभइए बमोजीम श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँग भेट गर्नुभयो । अध्यक्ष पन्तले भेटमा वैदेशिक रोजगारीमा देखिएका यावत समस्या, श्रमीकका हक हितका सवाल, श्रमीकका समस्या समाधानको लागि पहलकदमीका साथै श्रमीक कल्याणकारी कोषको विषयमा गहिरो छलफल गर्नुभयो ।

अध्यक्ष पन्तले नेपाल रहँदा पूर्व सभासमूख, संसदको राज्य ब्यवस्था समिति सभापति, लगायत सरोकारवालासँग समेत भेट गरि गैर आवासीय नेपाली नागरिकताको विषयमा ध्यानर्कषण गराउनुभयो ।

त्यस्तै, गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्ट लाप्राक नमूना प्रोजेक्टलाई छिटो भन्दा छिटो हस्तान्तरण गर्नको लागि पुन निर्माण प्राधिकरणका सिईयो, गोरखाका सांसदसँग छलफल गर्नुभयो ।

अध्यक्ष पन्तले एनआरएनए कार्यालयलाई ब्यवस्थित बनाउन समेत समय ब्यक्तीत गर्नुभयो । समग्रमा प्रचारमा भन्दा बढी कामलाई प्राथमिकता दिर्दै अगाडि बढ्नु भएको अध्यक्ष पन्तको कामलाई लिएर पछिल्लो समय नेपाली मिडियाले समेत एनआरएनएको कामप्रति निकै चासोका साथ हेर्दै एनआरएनका सकाराम्मक प्रचार प्रसार गरिरहेका छन् ।


प्रकाशित | १७ माघ २०७६, शुक्रबार १२:०५