एनआरएनए कतारद्धारा राहत वितरण कार्य अझै जारी, अहिलेसम्म ५ हजार २६९ जना नेपालीलाई वितरण

कतार : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतारले राहत वितरण कार्य अझै जारी राखेको छ । त्यसै सिलसिलामा एनआरएनए कतारले अठारौ चरणको राहत वितरण पनि सम्पन्न गरेको छ । कतारमा कोभिड-१९ को कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले अठारौ चरणसम्म आइपुग्दा ५ हजार बढीलाई राहत वितरण गरिसकिएको छ ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार अहिलेसम्म ५ हजार २ सय ६९ जना कोभिड प्रभावीत नेपालीलाई राहत वितरण गरिसकिएको हो । कतारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त र एनसीसी क़तारको श्रमिक कोषद्धारा उपलब्ध भएको खाद्यान्न एनआरएनएद्वारा गठित उद्दार तथा राहत वितरण समितीले अठारौं चरणमा कतारको विभिन्न ठाउँमा रहेका ४०१ जना नेपालीलाई वितरण गरिएको अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

त्यस्तै, कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको पनि अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

कोभिड- १९ अर्थात कोरोनाका कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले शूरुवाती चरणदेखि नै राहत वितरण गर्दै आएको छ । त्यस्तै, गैर आवासीय नेपाली संघ कतारको समन्वयमा अप्ठ्यारोमा परेका नेपालीलाई पनि उद्धार गर्दै स्वदेश फर्काउने जारी राखिएको छ ।


प्रकाशित | ८ असार २०७७, सोमबार १९:५५