प्रदेश १ को नीति तथा कार्यक्रम जेठ २२ गते आउने

विराटनगर : प्रदेश नम्बर १ को सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत गर्ने भएको छ । आज बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ २२ गते अपरान्ह ३ बजे पेश गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रदेशको प्रथम आवधिक योजना २०७६/२०८१ को अवधारणापत्रका आधारमा तयार गरिने कार्कीले बताउनुभयो ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार १९:३१