पोखरा : गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान गण्डकीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।
निर्देशनालयका अनुसार नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीको पोखरा महानगर र रुपा गाँउपालिकामा गरी ६ जना, स्याङ्जामा २ जना संक्रमित थपिएका छन् ।
संक्रमण हुनेमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाका २, बागलुङको गलकोट नगरपालिकाका ८, काठखोला गाउँपालिकाका ६, कास्कीको पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपालिकाका १ तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १ जना छन् । स्याङ्जाका अर्का संक्रमितको भने ठेगाना नखुलेको निर्देशनालयले जनाएको छ ।
आज थपिने संक्रमितमा २० पुरुष र ४ महिला रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिएका सबैजना भारतबाट फर्किएको र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन् । सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रकाशित | ५ असार २०७७, शुक्रबार ०९:०८