आलिया भट्टलाई सबैभन्दा धेरै आलोचना, इन्स्टाग्राममा ९ लाखले गरे अनफलो

काठमाडौँ : सामाजिक संजाल इन्स्टाग्राममा नायीका आलिया भट्टलाई अनफलो गर्नेको लहर नै चलेको छ । आलियाको इन्स्टाग्राममा ४ करोड ८९ लाखको हाराहारीमा फलोअर्स थिए । तर, सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले ४ करोड ८० लाख पुगेका छन् ।

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै ‘परिवारवाद’को मुद्दा चर्किएको छ । यो मुद्दामा नायिका आलिया भट्टको सबैभन्दा धेरै आलोचना भैरहेको छ ।

आलियाले सुशान्तलाई अन्तिम श्रद्धाञ्जली दिदै पोष्ट गरेको एक तस्वीरमा ३ लाख ७३ हजार भन्दा बढी प्रतिक्रिया आएको छ । जहाँ, उनलाई गाली गर्नेको संख्या धेरै छ ।


प्रकाशित | ४ असार २०७७, बिहीबार १९:५८